अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा लगाइएको ताला खुल्यो
दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा लगाइएको ताला खुलेको छ। शुल्क बृद्धि फिर्ताको माग गर्दै मोहन वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पसमा ताला लगाएको थियो। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गा लक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले विद्यार्थीबाट शुल्क असुल्ने गरेको उनीहरुको तर्क थियो। शुल्क बृद्धिको विरोधमा आइतबार क्याम्पस प्रशासन र लेखा शाखामा लगाएको ताला आज खोलिएको हो। अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवःकैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले आज क्याम्पस प्रशासनसंगको छलफलबाट शुल्क समायोजन गर्ने सहमति पछि ताला खोलिएको जनकारी दिए। बृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै ७२ घण्टे अल्टिमेटम दिइएकोमा पुरा नभएपछि क्याम्पस प्रशासन र लेखामा ताला लगाइएको थियो। सहमति पत्रमा क्याम्पसका तर्फवाट क्याम्पस प्रमुख डम्बर बहादुर पाल र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले हस्ताक्षर गरेका छन्।