सुदूरपश्चिम सरकारद्वारा अट्वारी पर्वको बिदा संशोधन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो। यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो।

थारु समुदायको अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको छ। यस्तै, प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति सारेको छ। कार्यकारी समितिले गरेको निर्णय प्रस्तावअनुसार मन्त्रीपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको छ।


