सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईको नेपाली दूतावासद्धारा टोकन प्रणाली लागु

। फोटो स्रोत ।
२०७६ साउन ६, ०५:०८

यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले टोकन प्रणाली लागू गरेको छ। दूतावासमा सेवा लिन आउने सेवाग्रहीलाई समयमै स्तरीय सेवा प्रदान गर्ने भन्दै दूतावासले सोमबारदेखि टोकन प्रणाली सुरु गरेको हो। दूतावासको प्रवेश कक्षमा टोकन प्रणाली यन्त्र र नम्बर देखाइने एलईडी डिस्प्ले राखिएको छ। त्यहीँबाट सेवाग्राहीलाई टोकन वितरण गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले टोकन प्रणालीको उद्घाटन गरे। दूतावासमा आउने सेवाग्राहीलाई आफ्नो कामका लागि धेरै समय पर्खिन नपरोस् र झण्झट नहोस् भन्नका लागि टोकन प्रणाली लागू गरिएको दूतावासले जनाएको छ। 

अब दूतावास आउने हरेक सेवाग्राहीले सम्बन्धित कामका लागि आवश्यक कागजात ल्याए, नल्याएको दूतावासका कर्मचारीले प्रवेशद्वारमै हेर्नेछन्। आवश्यक कागजात भएका सेवागा्रहीलाई मात्र कुपन दिएर सम्बन्धित कक्षमा पठाइने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिए। टोकन प्रणाली लागू भएसँगै दूतावासको प्रवेशद्वारमा राखिएको लकरमा आफ्नो झोला, मोबाइल तथा विद्युतीय उपकरण राख्ने र प्रवेश अनुमति  लिएर सेन्सर चेकिङ हुँदै टोकन लिनुपर्ने व्यवस्था गरिएको छ।        
 

कमेन्ट लोड गर्नुस