सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिम लिन थाइल्याण्डको बैंकक पुगेका १० जना नेपाली प्रशिक्षार्थीको उद्धार

। फोटो स्रोत ।
२०७६ साउन ६, ०५:०३

तालिम लिन थाइल्याण्डको बैंककमा पुगेका १० जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरेको छ। खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका १० प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइसकेको  दूतावासले जनाएको छ। उनीहरु काठमाण्डौको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत थाइल्याण्डको बैंकक पुगेका थिए।
उनीहरुले सम्झौताअनुसार तालिम र सुविधा नपाएको भन्दै दूतावासमा निवेदन दिएका थिए। दूतावासले सोमबार विज्ञप्ति निकालेर उनीहरुमध्ये ३ जनालाई गत बुधबार र ७ जनालाई शुक्रबार उद्धार गरेको जनाएको छ।  

कमेन्ट लोड गर्नुस