सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारीमा झोलुङ्गे पुलले डुङ्गा विस्थापित

तस्बिर: अविनाश चौधरी
तस्बिर: अविनाश चौधरी
२०८२ साउन १९, ०२:४७ खबर संवाददाता

धनगढीः बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ।

मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो। मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए। 
नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए।

पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए। बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका कारण गाउँका एक गर्भवतीको सुत्केरी हुन नसकेर ज्यान गएको भलमनसा चौधरीको भनाइ छ। 
 “२०७४ सालमा सुत्केरी बेथाले छटपटाएकी पार्वतीदेवी चौधरीलाई पारि स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा सुत्केरी हुन नसकेर उनको ज्यान गयो। ”९५ घरधुरी रहेको सो गाउँबाट आधारभूत तह र माध्यमिक तह अध्ययनका लागि विद्यार्थीहरू ‘के’ गाउँ र हसुलियामा रहेका विद्यालयमा आउने गरेका छन। 

कमेन्ट लोड गर्नुस