सुदूर नेपाललाई विश्वसँग जोड्दै

एचआईभीको निःशुल्क उपचार सेवा सुरु

। फोटो स्रोत ।
२०७६ साउन ६, ०४:५२

दोलखा जिल्लाको चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्ररप्रस्तावित चरिकोट अस्पतालले एचआईभी एड्सको निःशुल्क उपचार सेवा सुरु गरेको छ। अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभीरएड्सको निःशुल्क परीक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए। अस्पतालमा एचआईभीरएड्सको कार्यक्रम सञ्चालन भएपछि निःशुल्क उपचार सेवा दिन थालिएको अस्पतालले जनाएको छ। 

डाक्टर दंगालका अनुसार दोलखाका ७ जना एचआईभीरएड्सका बिरामीले काठमाण्डौबाट औषधि सेवन गरिरहेका छन्। समाजमा गरिने घृणा एवं लाजका कारण उनीहरु काठमाण्डौबाट नियमित उपचार सेवा लिन बाध्य छन। प्रस्तावित चरिकोट अस्पतालले सुरु गरेको एचआईभीरएड्सको निःशुल्क उपचार सेवाबाट एचआईभी एड्सका बिरामी र नयाँ प्रभावितले जिल्लाबाटै निःशुल्क रुपमा सहज उपचार सेवा प्राप्त गर्नेछन्।

यस्तै गएको आर्थिक वर्षमा १३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएपछि अस्पतालमा ’एन्टी स्नेक भेनम सेन्टर’ स्थापना गरिएको छ। उक्त केन्द्रबाट सर्पले टोकेका बिरामीको छिटो, छरितो र प्रभावकारी ढंगले निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ। दोलखाको भिमेश्वर नगरपालिका, वैत्यश्वर गाउँपालिकालगायतका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेका छन्।

कमेन्ट लोड गर्नुस