सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रम : ज्याला नपाएको भन्दै घोडाघोडीमा श्रमिक आन्दोलित

२०७६ साउन ६, ०४:४८

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरे अनुसारको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन्। आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी काम अनुसारको ज्याला दिनुको सट्टा आर्थिक अनियमितता गर्न खोजेको भन्दै मजदुर आन्दोलित भएका हुन्।

श्रमिकहरुले काम अनुसारको ज्याला दिनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन्। तर नगरपालिकाले भने स्टमेट भन्दा बढि हाजिर देखिएकाले समस्या भएको दावी गरेको छ। घोडाघोडी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले स्टमेट अनुसार एक लाख १२ हजारको काम गर्नुपर्ने भएपनि हाजिर अनुसार बढि देखिएकाले केही समस्या भएको बताए। जोशीले उक्त विषयमा छलफल भइरहेको बताएका छन्। घोडाघोडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत वर्ष ७४ लाख बजेट पाएको थियो।  
 

कमेन्ट लोड गर्नुस