सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेरोइनसहित दुई जना पक्राउ

२०८२ साउन १८, ०१:३३ खबर संवाददाता

सप्तरीः सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै  दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर  का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ।प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए। सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ।  


 

कमेन्ट लोड गर्नुस