सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ 

२०८२ साउन १८, १०:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

शनिवार धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका– ७ का २१ वर्षीय आर्यमन चौधरी पक्राउ परेका छन्। उनको साथबाट ३०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै शनिवार राती धनगढी उपमहानगरपालिका– ८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी पक्राउ परेका छन्। उनीहरूको साथबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस