धनगढीमा एक जना औलो रोगका बिरामी फेला
धनगढीः धनगढीमा एक जना औलो रोगका बिरामी फेला परेका छन्।
धनगढी उप‐महानगरपालिका‐५ शैलेश्वरी टोलमा एक जना औलोको बिरामी फेला परेको स्वास्थ्य शाखाले जनाएको छ।
औलोको बिरामी फेला परेपश्चात उक्त समुदायमा औलो रोगको बारेमा जनचेतना फैलाउन, शंकास्पद औलो बिरामीको पहिचान तथा प्रभावकारी उपचारका साथै औषधी सही रुपमा पूर्ण अवधि खाएको सुनिश्चितताका लागी समुदाय स्तरिय केस पहिचान प्रक्रिया सुरु गरेको धनगढी उप‐महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश कुमार अवस्थीले जानकारी दिए।
जस अन्तर्गत शंकास्पद ४ जना व्यक्तिहरुको आरडीटी द्वारा औलोको परिक्षण गरिएकोमा सम्पुर्णको नतिजा नेगेटिभ देखिएको उनले बताए।