धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व
वीरगञ्जः पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत उजुरी फछ्र्योट गरेको छ।
उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो। कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताए।