सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

२०८२ साउन १६, ०७:५७ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय दानिस पुरेसी भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। पुरेसीलाई भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७९ हजार ५ सय बराबरको ब्लाउज, पेटिकोट, सुटपिस, धोती, साडी, जेन्स कुर्ता लगायतका सामानसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त सामानसहित उनलाई बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ४० हजार ६ सय बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीको बिभिन्न किसिमका कपडा, किराना लगायतका सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाको छ।

कमेन्ट लोड गर्नुस