आठ लाख जरिवाना तोकिएका कैलालीका एक जना पक्राउ

२०८२ साउन १६, ०७:४७
धनगढीः आठ लाख जरिवाना तोकिएका कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बैङकिङ कसुर मुद्दामा ८ लाख जरिवाना तोकिएपछि फरार रहेका कैलालीको जानकी गाउँपालिका-९ बस्ने ३८ वर्षीय उदय भुल बिहीवार पक्राउ परेका हुन्। भुललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।




कमेन्ट लोड गर्नुस