सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि चेम्बर अफ कमर्स विस्तार, नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

२०८२ साउन १५, ०४:२९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका नगर चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

बिहीबार आयोजना गरिएको कार्यक्रममा चेम्बर अफ कमर्सका नगर कमिटीका पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका हुन्। नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष लोकेन्द्र भट्टले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

धनगढी उपमहानगरपालिकामा पहिलोपटक गठन गरिएको चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद थापा, उपाध्यक्षम वाणिज्यमा मनोज पडाल, उपाध्यक्ष उद्योगमा विष्णुदत्त बडु, सचिवमा गजेन्द्र बहादुर शाह, र कोषाध्यक्षमा उज्वल बुर्लाकोटी चयन भएका छन्। सदस्यमा जिवन पोखरेल, दिपक थापा, रुकुम सिंह धामी र प्रतीक विष्ट चयन भएका छन्।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको प्रमुख आथित्यता र चेम्बर अफ कमर्सका प्रदेश उपाध्यक्ष लोकेन्द्र भट्टको अध्यक्षतामा सपथ ग्रहण तथा फोटो र भिडियो प्रदर्शनी कार्यक्रम सञ्चालन भएको थियो। सपथ ग्रहण कार्यक्रमपछि बोल्दै चेम्बर अफ कमर्स धनगढी नगर कमिटीका अध्यक्ष प्रमोद थापाले सामूहिक भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले कमर्स आवद्ध सबै खालका व्यवसायीको हक, अधिकार प्रवद्र्धनका लागि काम गर्ने बताए। 

कार्यक्रममा नेपाल बिउबिजन संघ, उद्योग वाणिज्य संघ लगायतका विभिन्न व्यवसायिक छाता संगठन पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस