सुदूर नेपाललाई विश्वसँग जोड्दै

सङ्गीता ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत महिला

२०८२ साउन १५, ०३:४० खबर संवाददाता

अछामः अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी पाएको छ। सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । 

ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बनेकी छन्। आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा (४) अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो । 

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि  निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो। प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको प्रतिक्रिया छ। 

२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा ताम्राकार सफल भइन्। प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आएकी छन्। बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन्। 

१२ कक्षामा व्यवस्थापनपछि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अध्ययन गरेकी छन्। सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भतः पहिलो महिला हुन्। 
 

कमेन्ट लोड गर्नुस