कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा बिष्ट नियुक्त

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त भएका छन्। विश्वविद्यालयले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।
विगत २४ वर्षदेखि उनी कैलाली क्याम्पसमा कार्यरत छन्। विसं २०७९ सालदेखि उनी सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा छन्।

नवनियुक्त क्याम्पस प्रमुख बिष्टलाई क्याम्पसमा प्राध्यापक तथा कर्मचारीहरुले बधाईसहित स्वागत गरेका छन्। विसं २०३७ सालमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकाय तथा कार्यक्रममा झण्डै छ हजार विद्यार्थीहरू अध्ययनरत छन्।
न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर प्रत्यायनकृत (क्युएए) समेत प्राप्त गरिसकेको छ। हाल क्युएएको लागि तेस्रो चरणको प्रक्रियामा छ।

