लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ साउन १५, ०८:०२
कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ मंसिर ९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथ योगी पक्राउ परेका हुन्। योगीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।



कमेन्ट लोड गर्नुस