भागेश्वर गाउँपालिकामा कार्यरत कञ्चनपुरका कृष्ण चटौतको असामयिक निधन
२०८२ साउन १३, ०३:५३
डडेलधुरा: डडेलधुराको भागेश्वर गाउँपालिकामा कार्यरत एक कर्मचारीको असामयिक निधन भएको छ।
गाउँपालिकामा ओभरसियर पदमा कार्यरत कञ्चनपुरका ३७ वर्षीय कर्मचारी कृष्ण चटौतको आज बिहान ६ बजे कोहलपुर अस्पतालमा उपचारको क्रममा निधन भएको उनका आफन्त मदनराज जोशीले बताए।
उनि हिजो साँझ एक्कासि बिरामी परेका थिए। उनलाई हृदयघात भएको हुनसक्ने अस्पतालले जनाएको जोशीले बताए।
उनको आज बेलुकी ४ बजे कञ्चनपुरको मझगाउँ विमानस्थल देखि शवयात्रा रहेको र भुजेला आर्यघाटमा अन्त्येष्टि गरिने जोशीले बताएका छन्।
कमेन्ट लोड गर्नुस