सुदूर नेपाललाई विश्वसँग जोड्दै

कागती बिक्री नहुँदा किसान समस्यामा

२०८२ साउन १३, ११:३१ खबर संवाददाता

दाङः यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन्।

सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारीले बताए। उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन्। भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ। उनले भने ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन।’ पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ। उमेरले २५ वर्ष पुग्नुभएका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ। ८० का दरले पठाएको उनले बताए। आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेका ेबताए। उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ।’ 

उनको एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन्। किसान अधिकारीले यसबाट वार्षिक रूपमा दुई लाख ५० हजार बढी आम्दानी गर्दै आएका छन्। उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएका छन्। सुरुमा उनका तीन दाजुभाइ मिलेर कागतीखेती गरेका थिए। दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन्। भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन्। यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस