सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा माविको अध्यक्षमा चक्र खडायत सर्वसम्मत चयन

२०८२ साउन ६, ०५:२३ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चक्र खडायत सर्वसम्मत निर्वाचित भएका छन्।

मंगलबार विद्यालय, शिक्षक तथा अभिभावक समितिबिच बसेको संयुक्त बैठकले खडायतलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। नव–निर्वाचित अध्यक्ष खडायतलाई विद्यालयका प्रधानाध्यापक भोजराज जोशी तथा विद्यालय परिवारले एक औपचारिक कार्यक्रमकाबिच टिका र खादा लगाएर स्वागत तथा बधाई दिएका छन्। हाल विद्यालयमा १८ जना शिक्षक/शिक्षिका र १५० जना बढी विद्यार्थी अध्ययनरत छन्।अध्यक्षमा निर्वाचित भएपछि खडायतले विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले आफ्नो नेतृत्वमा विद्यालयको समग्र विकासमा ध्यान केन्द्रित गरिने बताए।अबको दिनमा विद्यालयलाई थप व्यवस्थित, पारदर्शी र नविन योजनामार्फत अगाडि बढाउने प्रतिबद्धता जनाए।

विद्यालय परिवारले खडायतलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। धनगढीस्थित नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका खडायत बौद्धिक र समाजसेवी व्यक्तित्वका रूपमा परिचित छन्। अनुभवी र जिम्मेवार नेतृत्वका रूपमा स्थापित खडायतको अध्यक्षतामा शारदा माध्यमिक विद्यालयले आगामी दिनमा गुणस्तर सुधारका साथै आधुनिक शिक्षण प्रणालीतर्फ पनि अग्रसर हुने अपेक्षा गरिएको छ।

 

कमेन्ट लोड गर्नुस