भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु
भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको स्वामिकार्तिक–खापर गाँउपालिका वडा नम्बर १ मेलाकी २५ बर्षिया लक्षु विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आज बिहान राताखोली भन्ने ठाँउमा घाँस काट्न गएकी उनको भिरबाट लडेर मृत्यु भएको सूचना आएपछि प्रहरी त्यसतर्फ गइरहेको छ।
मृतक विकका तीन छोरा र एक छोरी छन्। कर्णाली नदी पारीको उक्त वडामा पैदल जान बाटो असहज रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्यव भाटले बताए।