सवारी ज्यान र लागूऔषध मुद्दामा फरार कैलालीका ३ जना पक्राउ
धनगढीः सवारी ज्यान र लागूऔषध मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएको जिल्ला लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय विजय आचार्य, सोही मुद्दामै १५ दिन कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २८ वर्षीय नमराज चापागाई र लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएकी लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने ३१ वर्षीया दिपा कुमारी बिष्ट (साउँद) रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।