सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक गारमेन्ट उद्योगमा आगलागी

२०८२ असार ३२, ०७:४४ खबर संवाददाता

बझाङः बझाङको एक गारमेन्ट उद्योगमा आगलागी भएको छ।

बझाङको केदारस्यु गाउँपालिका–४ बागथला स्थित बजारमा सोही ठाउँ बस्ने पुष्पराज भट्टले संचालन गरेको “होनैनाथ गारमेन्ट उद्योगमा” बिद्युतको तार सट भई गएराति १२ः४५ बजे आगलागी भएको हो।

आगलागी हुँदा गारमेन्ट भित्र रहेका सम्पुर्ण समान जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ। मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस