कैलालीका आर्यनको करेन्ट लागेर मृत्यु

२०८२ असार २९, ०७:०८
धनगढीः कैलालीका आर्यन चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यनको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल प्रहरीले आइतवार उनी घरमा करेन्ट लागेर गम्भीर घाइते भएकी बताएको छ। उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। करेन्ट लाग्नुको कारणको विषयमा खुलेको छैन। अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।




कमेन्ट लोड गर्नुस