धनगढीमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रशिक्षण

धनगढी : कैलालीको धनगढीमा आइतवार देखि लैङ्गिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक÷प्रशिक्षण तालिम सञ्चालन भएको छ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजना गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन्।
तालिममा सहभागी पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन्। लैङ्गिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा सँगै हुनुपर्ने बताइन्।
हिंसा नन्यूनीकरणका लागि पुरुषका भूमिका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ । ‘हिंसामा महिला सँगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधैँ महिला माथिमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ।’

तालिम उद्घाटन गर्दैै कैलाली जिल्ला समन्वय समितिकी प्रमुख टीका भुल चौधरीले लैङ्गिक हिंसा अन्त्यका लागि महिलासँगै पुरुषको सहभागिता हुनु जरुरी रहेको बताइन्। हिंसामा महिला मात्र नभई पुरुष पनि पर्नेगरेको उनको भनाई छ।


डिडब्लुआरएफले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै आएको भूलको भनाई छ। पितृ सत्तात्मक सोचका कारण अहिले पनि समाजमा ठुलो विभेद रहेको बताउँदै समन्वय प्रमुख भूलले भनिन्, ‘छोरानै चाहिन्छ भन्ने सोचका कारण महिला सारिरीक तथा मानसिक रोगको सिकार हुनुपर्ने अवस्था छ, छोरा नभएकै कारण धेरै महिला आत्महत्या गर्न बाध्य भइरहेका छन्।’
दलित महिला अधिकार मञ्च नेपालको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा कैलारी गाउँपालिका र भजनी नगरपालिकाका ३० जना पुरुषको सहभागिता रहेको छ।