सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

२०८२ असार २८, ०१:३७ खबर संवाददाता

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा घाँस काट्ने क्रममा भीरबाट लडी एक महिलाको मृत्यु भएको छ।

सोही ठाउँकी ३५ वर्षीया मानमती बडु शुक्रवार भीर पाखामा घाँस काट्ने क्रममा लडी भीरमा अड्किएकी थिइन्। स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो।

तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

 

कमेन्ट लोड गर्नुस