सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना

२०८२ असार २८, ०८:०० खबर संवाददाता

धनगढी : बैतडीको पाटनमा जिप दुर्घटना भएको छ।

धनगढीबाट दार्चुला जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ दज १३७२ नम्बरको जिप शनिवार बिहान बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा भिरमा दुर्घटना भएको हो

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। बैतडीको डिलासैनी गाउँपालिकाका २५ वर्षका हेमन्त प्रसाद भट्ट, ३२ वर्षीय किरण बोहरा, ५२ वर्षकि कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्ष कि छोरी एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक लाल बहादुर राना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए। सबै घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ।

 

कमेन्ट लोड गर्नुस