गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मानित
धनगढी: गुरु पूर्णिमाको अवसरमा शिक्षकलाई सम्मान गरिएको छ। धनगढी(३ मा रहेको धनगढी प्रज्ञा सदनले दुई जना शिक्षकलाई सम्मान गरेको हो।
विद्यालयले लामो समयसम्म शिक्षण सेवामा कार्यरत शिक्षक टेकबहादुर सेटी र गोविन्द रोकायालाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
सेटी २०५७ र रोकाया २०६० सालदेखि शिक्षण सेवामा कार्यरत छन्। दीर्घ शिक्षण सेवा अनुभव, समर्पण र अनुशासनले विद्यार्थीहरूको जीवनमा उज्यालोको किरण छरेको भन्दै सम्मान गरिएको विद्यालयले जनाएको छ।