सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

२०८२ असार २४, ०९:२७ खबर संवाददाता

काठमाडौँ: रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।

यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ।बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ। यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस