सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा १० बालबालिकामध्ये १ जना बढी जीवनरक्षा खोपबाट बञ्चित

। फोटो स्रोत ।
२०७६ साउन ३, ०२:४७

विश्वमा १० जना बालबालिकामध्ये एक जनाभन्दा बढी बालबालिका जीवनरक्षा गर्ने खोप पाउनबाट बञ्चित रहेको एक तथ्याङ्कले देखाएको छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको नयाँ तथ्यांक अनुसार जीवनरक्षा गर्ने खोप पाउनबाट प्रत्येक १० जनामध्ये एक जनाभन्दा बढी बालबालिका छुटिरहेका छन्। विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको २०१८ को तथ्यांकमा दादुरा, भ्यागुते रोग, टिटानसविरुद्धको खोप पाउनबाट बालबालिका वञ्चित  रहेको देखाएको छ। 

विश्वभर २ करोड बालबालिका रहेको तथ्यांकमा उल्लेख छ। खोपबाट बन्चित हुने बालबालिकाहरु गरिब र युद्धग्रस्त देशमा बढी छन्। सन् २०१० मा विश्वभर ३ दोजको मात्रामा दादुरा, टिटानस र सुख्खा खोकीको खोप ८६ प्रतिशत पहुँच पुगेको थियो। महामारी रोक्न भने बालबालिकामा यी खोपको पहुँचदर ९५ प्रतिशत हुुनु आवश्यक छ।

झण्डै एक वर्षअघि कंगोमा इबोलाको महामारी फैलियो। केही दिनअघि फेरि त्यहाँ इबोलाका नयाँ बिरामी देखिएपछि चिन्ता बढेको विश्वस्वास्थ्य संगठनको भनाइ छ। यस विषयमा इबोला नियन्त्रण गर्न कसरी सहकार्य गर्ने, सरकारलाई रोग नियन्त्रणमा ल्याउन कसरी सघाउने भनेर छलफल गरेको छ। यही १४ जुलाइमा इबोलाको पहिलो केस कंगोको गोमा सहरमा भेटिएको थियो। १० लाख जनसंख्या भएको गोमालाई इबोलाको उच्च जोखिम भएको सहर मानिएको छ।

गोमामा करिब ३ हजार स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको महामारी भएपछि अहिलेसम्म १ हजार ६५० जनाको मृत्यु भइसकेको छ। प्रत्येक दिन १२ नयाँ बिरामी फेला परिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस