अछाममा हल्कादेखि मध्यम वर्षा, साना खोलामा आकस्मिक बहावको सम्भावना
२०८२ असार २४, ०५:५२
अछामः अछाम जिल्लाको गोपघाट र ओलीगाउँ वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा हल्कादेखि मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार मंगलवार बिहान ४ बजे सम्मको अवधिमा लगातारको वर्षा मापन गरिएको हो। विभागले सम्भावित थप वर्षाको पूर्वानुमान गर्दै सो क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
कमेन्ट लोड गर्नुस