सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६० प्रतिशत रोपाइँ सकियाे

तस्बिर : भूवन भट्ट
तस्बिर : भूवन भट्ट
२०८२ असार २२, ०१:५७

कञ्चनपुर:  कञ्चनपुरमा ६० प्रतिशत रोपाइँ सकिएको छ। जिल्लामा कृषकहरूले हालसम्म ६० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ सकिएको हुन। 

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ। जिल्लामा ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताए। ५९ हजार ६०२ हेक्टरभन्दा बढि धान खेतीयोग्य जग्गामध्ये ३२ हजार आठ सय हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको सूचना अधिकारी साउदले बताए। ३० प्रतिशतभन्दा बढी आकाशे पानीको भरमा खेती हुने गरेको कञ्चनपुरमा अहिले दैनिक तीन हजार हेक्टर जग्गामा धान रोपाइँ भइरहेको छ। 

असार महिनाको सुरुवातसँगै पानी पर्न थालेपछि समयमै धान रोप्न किसानहरू व्यस्त छन्।  मनसुन सक्रिय हुँदा यस वर्ष समयमै धान रोपाइँ भएको सूचना अधिकारी साउदले बताए।  सिँचाइ सुविधा नपुगेको कृष्णपुर, लालझाडी, वेदकोटमा धान रोपाइँ कम भएको उनले बताए। आवश्यकता अनुसार पानी पर्ने क्रम जारी रहे शतप्रतिशत खेतमा धान रोपाइँ हुने उनको अनुमान छ।

जिल्लाको बेलडाँडी, बेलौरी, पुनर्वास र भीमदत्तमा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने पानीको अभावमा लाझझाडी, शुक्लाफाँटा र कृष्णपुरमा २५ देखि ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ।

गत वर्ष ४८ हजार ४ सय ९६ हेक्टर जग्गामा रोपाइँ भए पनि एक लाख ९३ हजार नौ सय ८४ कुण्टल धान उत्पादन भएको थियो।

कुल धान खेतीयोग्य ५९ हजार ६०२ हेक्टर जग्गामध्ये ३९ हजार ६ सय ८५ हेक्टरमा मात्र सिँचाइको सुविधा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस