सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराको आयोजनामा खरिद सम्बन्धी अन्तरक्रिया सम्पन्न

२०८२ असार २०, ०९:१२

धनगढी: प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराको आयोजनामा डडेल्धुरमा लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ। शुक्रवार जिल्ला सदरमुकाम अमरगढीमा कार्यक्रम सम्पन्न भएको हो। 

 

कार्यक्रममा प्रदेश स्तरीय कार्यालयका कार्यालय प्रमुख, लेखा प्रमुख र जिन्सी प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रममा  जिन्सी ब्यवस्थापन , खरिद ब्यवस्थापन र खाताबन्दी सम्बन्धी विषयवस्तुमा अन्तरक्रिया गरिएको थियो।

प्रदेश लेखा इकाइ कार्यालय डडेल्धुराका प्रमुख पदम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख काेष नियन्त्रक तिलक प्रसाद चापागाईं प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा लेखा अधिकृत त्रिमल वहादुर साउँदले सञ्चालन गरेका थिए।

कार्यक्रममा लेखाका सिद्धान्त र विद्यमान ऐन, कानुन र नियमको बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को सरकारी बजेटको खर्चको विरण समेत संकलन गरिएको थियोम। डलेल्धुरा जिल्लामा हालसम्म प्रदेश सरकारको  चालु तर्फको खर्च  ६६ प्रतिशत र  पुँजीगत ८३ प्रतिशत रहेको प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराका प्रमुख पदम बिष्टले बताए।

कमेन्ट लोड गर्नुस