सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालिस लाख ५० हजार जरिवाना तोकिएकी गोदावरीकी ममता पक्राउ

२०८२ असार २०, ०७:३२ खबर संवाददाता

धनगढीः बैंकिङ कसुर मुद्दामा चालिस लाख ५० हजार जरिवाना तोकिएपछि फरार रहेकी गोदावरीकी ममता खड्का कुवर पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय ४० लाख ५० हजार जरिवाना तोकिएकी कैलालीको गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने ३० वर्षकी ममता खड्का कुवरलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस