सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पत्रकार बिष्टलाई खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार

२०८२ असार १७, ०४:३५ खबर संवाददाता

धनगढीः धनगढीका पत्रकार दिनेशबहादुर बिष्टलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०८१ प्रदान गरिने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष समेत रहेका बिष्टलाई युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको हो। उनीसँगै देशभरका ९ जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार तथा एक जनालाई खेलकुद पत्रकार सम्मान प्रदान गरिने भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार आर्थिक वर्ष २०८१÷८२ को पुरस्कारका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मुल्याकँन गरेर छनोट गरिएको हो।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ। बिष्ट एक दशकदेखि धनगढीबाट पत्रकारितामा सक्रिय छन्। मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

कोशी प्रदेशबाट मुकुन्द घिमिरे, मधेसबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रम कुमार बानियाँ, गण्डकी प्रदेशबाट दिननाथ बराल, लुम्बिनीबाट स्वस्तिक श्रेष्ठ, कर्णालीबाट दिनेश कुमार बुढा र सुदूरपश्चिमबाट दिनेश बहादुर बिष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका हुन्। विष्ट स्टेटसेभेन अनलाइनका सह–सम्पादक हुन्।

 

कमेन्ट लोड गर्नुस