सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ

२०८२ असार १७, ११:०६ खबर संवाददाता

धनगढीः कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र सोही केसमा संलग्न
कैलालीको भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट रोल्पाको सुनछहरी गाउँपालिका–३ बस्ने ३२ वर्षकी पुर्णिमा पुन मगर पक्राउ परेका हुन्।

उनीहरुलाई गोप्य सूचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिमसहित इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस