सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली र बुढिगंगा नदीमा झोलुंगे पुल उच्च जोखिममा

२०७६ साउन २, ०६:५८ प्रकाश सिंह

बुढिगंगा र कर्णाली नदिमा रहेका पुल उच्च जोखिममा परेका छन्। बुढिगंगा नदिमा रहेका बाजुराको ताप्रीसेरा, द्धावारी, तिपाडा, राप्क, अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन्। यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानियबासिले बताएका छन्। बुढिगंगा नदिको द्धावारीमा रहेको झोलुंगे सम्म पानी पुगेपछि स्थानियले आवतजावत नै बन्द गरेका छन्। स्थानिय धन जैशीले पुल पनि जिर्ण बन्दै गएको र नदि बढेर पुल सम्म पुगेपछि आवतजावत नै बन्द रहेको बताए। त्यस्तै ताप्रिसेरामा रहेको पुलमा पनि आवतजावत गर्न निकै जोखिम रहेको स्थानियले वताएका छन्।

कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैको बर्षातमा जोखिममा पर्ने गरेको छ। पुलसँगै जोडिएका ८ परिवार पनि बिस्थापित भएका छन्। पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन्। त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन्। वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु, बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले वताए।

अछाम बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा रहेका छन्। अन्य बिकल्प नभएपछि ज्यानै जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानियले बताएका छन्। जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन्। दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढी र पहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस