बुङ्गल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आइतवार बोर्डबाट आईपीओ अनुमति पाएको हो।
कुल ८३ लाख कित्ता सेयरमध्ये ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो। २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ।
अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ जारी गर्ने छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्नेछ। सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

कम्पनीले बझाङमा १० दशमलव ७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना बनाँदैछ।


