दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित

काठमाडौँः चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ।
भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ। चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ। मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।

दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ।

राज्य प्रसारणकर्ता सिसिटिभीको फुटेजले प्रान्तको एउटा पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ। बाढी पीडितहरूका लागि चामल लगायत आपूर्तिहरू पु¥याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा ट्रक चालक यू गुओचुनले भत्किएको पुलको खण्डको छेउमा अड्किएपछिको आफ्नो डरलाग्दो उद्धारको वर्णन गरेका छन्।
