सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइरल फेस एपमा १० करोडभन्दा बढीको फोटो र नाम असुरक्षीत

२०७६ साउन २, ०१:१३

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘फेसएप’ आफ्नो तस्बिर उसले चाहेअनुसारको बनाउने अधिकार दिएका छन्। ‘फेसएप’ ले जुनसुकै प्रयोजन र जुनसुकै बेला प्रयोगकर्ताहरुको तस्बिरको प्रयोग गर्नसक्नेछ। केही समयअघि मात्रको क्याम्ब्रिज एनालिटिकाले घटनाले हामीलाई पाठ सिकाइसकेको छ। फेसबुकमाथि आठ करोड ७० लाख प्रयोगकर्ताको डाटा लिक गराएको आरोपमा साढै ५ खर्ब रुपैयाँ बराबरको कारबाही रकम सिफारिस गरिएको थियो। अहिलेसम्म १० करोड बढीले गुगल प्ले स्टोरबाट ’फेसएप’ एप डाउनलोड गरिसकेका छन्। एप एन्नीका अनुसार, यो एप आईओएस एप स्टोरमा १ सय २१ देशमा पहिलो नम्बरमा छ। ’फेसएप’ को सेवाका शर्तहरु अनुसार, यो एपले प्रयोगकर्ताको फोटोलाई चाहेको समयमा जसरी पनि उपभोग गर्नसक्छ। यो एपसँग कहिल्यै पनि समाप्त नहुने र अपरिवर्तनीय रोयल्टी–फ्री लाइसेन्स छ, जसको माध्यमबाट कम्पनीले जे पनि गर्नसक्छ र जोकसैको अगाडि गर्नसक्छ। 

रुसी कम्पनीसँग प्यारेन्ट अधिकार भएको यो एप रुसी जासुसी संस्थाले मात्रै प्रग प्रयोग होइन तर यो प्रयोग गर्दा नकारात्कम असर भने पर्छ। फोनएरिनाका पिटर कोस्टादिनोव भन्छन, ‘ प्रयोगकर्ताले मस्को शहरको कुनै एक बिलबोर्डमा टाँगिन सक्छ। तर प्रयोगकर्ताको अनुहारको एआई–फेसियल पहिचान अल्गोरिदम प्रशिक्षण गराइन्छ।’
तर बितेका केही वर्षमा भाइरल फेसबुक एपबाट हामीले धेरै पाठ सिकेका छौँ। ती एपले संकलन गरेका तथ्याङ्क हामीले सोचेअनुरुप प्रयोग नहुन सक्छ। र संकलन गरिएका तथ्याङ्क सधैँ सुरक्षित र व्यक्तिगत हुन्छन् भन्ने छैन। ’फेसएप’ ले वास्तवमा काम गर्नका लागि यसले प्रयोगकर्ताको सबै तस्बिरसम्म अनुमति लिनुपर्ने हुन्छ। तर पृष्ठभूमिमा पनि फेसएपले काम गरिरहेको हुन्छ र प्रयोग नगरेको समयमा पनि यसले प्रयोगकर्तालार्ई उपयोग गरिरहेको हुन्छ। ’फेसएप’ आजको भोलि नै हानी र्पुयाउने काम त गर्दैन तर पनि प्रयोगकर्ताले दिएका व्यक्तिगत सूचना र जानकारीको गलत प्रयोग नहोला भन्ने कुनै ग्यारेन्टी गर्न नसकिने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस