इरानमा अमेरिकाद्धारा आक्रमण

काठमाडौँः अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ।
यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन्। उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन्। ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ।

यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो। ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन्। हाम्रा महान् अमेरिकी योद्धालाई बधाई। विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन्। अब शान्तिको समय हो।’ उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन्।


