धनगढीको प्रज्ञा सदनले गरेको रक्तदान कार्यक्रम रक्तदाता उपाध्याय सम्मानित

धनगढी: धनगढी प्रज्ञा सदनले गरेको रक्तदान कार्यक्रममा रक्तदाता दिपक उपाध्याय नेपाल सम्मानित भएका छन्।
धनगढी-३ मा रहेको प्रज्ञा सदनले सबैभन्दा बढी रक्तदान गर्ने पत्रकार उपाध्यायलाई सम्मानित गरेको हो। पत्रकार उपाध्यायले हालसम्म १०९ पटक रक्तदान गरेका छन्।

शनिवार आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन्। धनगढी प्रज्ञा सदनका पूर्व विद्यार्थी, शुभकामना टोल विकास समिति र सङ्गलम टोल विकास समितिका पदाधिकारी, विद्यालयका शिक्षक तथा अभिभावकले रक्तदान गरेको विद्यालयका शिक्षक रामचन्द्र पनेरूले बताए।

युवाहरूलाई रक्तदान गर्न उत्प्रेरित गरेको भन्दै सुदूरपश्चिममै सबैभन्दा बढी पटक रक्तदान गरेका पत्रकार उपाध्यायलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
