कैलालीकाे स्याउलेमा राजमार्ग अवरुद्ध

धनगढी :कैलालीकाे स्याउलेमा राजमार्ग अवरुद्ध गरिएको छ।
जिल्लाकाे गोदावरी नगरपालिका- ८ स्याउलेमा महेन्द्र राजमार्ग अवरुद्ध गरिएको हो।

लामो समयदेखि सडक खनेर अलपत्र छोडिएपछी स्थानीयले राजमार्गमा सवारी सञ्चमलनमा राेक लगाएका हुन्।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले मुख्य राजमार्ग खनेर अलपत्र छोड्दा बजार धुलाम्य भएको बताए। समयमा सडक कालोपत्रे नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको उनले बताए।
धेरै पटक आग्रह गर्दा पनि कालोपत्रे नगरेपछि राजमार्ग अवरुद्ध गर्नुपरेको उनले बताए।