सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानको जवाफी कारबाही

२०८२ जेठ ३१, ०९:३५

काठमाडौँ : इजरायलले लगातार दोस्रो दिन पनि इरानमाथि हवाई आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही सुरु गरेको छ। इजरायली फाइटर जेट्सले शुक्रवार मध्यराति इरानका सैन्य परमणु क्षेत्रलाई दोस्रोपटक निशाना बनाए।

इजरायली आक्रमणमा परी इरानमा अहिलेसम्म ७८ जना मारिएको र ३५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

जवाफमा इरानले १५० ब्यालेस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको छ। जसमा ६ वटा मिसाइल राजधानी तेल अभिवमा खसेका थिए। जसमा परी एक जना महिलाको मृत्यु भएको छ।

साथै ६३ जना घाइते भएका छन् । इरानी मिडिया रिपोर्ट्स अनुसार इजरायली रक्षा मन्त्रालयलाई पनि निशाना बनाएर प्रहार गरिएको दाबी गरिएको छ।

इरानका तर्फबाट आक्रमण हुने आशंकाका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित क्षेत्रमा सारिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस