सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादि पक्राउ

२०८२ जेठ ३१, ०८:०२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादि पक्राउ परेका छन्।

जिल्लाको भागेश्वर गाउँपालिका–५ का २७ वर्षीय हरीसिंह पाली  पक्राउ परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र दुई लाख जरिवाना तोकिएका तर फरार पालीलाइ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस