सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ 

२०८२ जेठ ३०, ०७:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया लागूऔषधसहित पक्राउ परेका हुन्।

अमरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट भीमदत्त नगरपालिका ११ सम्झना टोल बस्ने २३ वर्षीय सुरज सार्की समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यी  दुबै जनालाई चेकजाँच गर्दा शुन्य दशमलव ५ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस