सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ

२०८२ जेठ ३०, ०६:०७

काठमाडौंः क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा मार्क कार्नीले शपथ लिएका छन्।

हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी अब क्यानडाको प्रधानमन्त्री बनेका हुन्। जस्टिन ट्रुडो नौ वर्षसम्म क्यानडाको प्रधानमन्त्री थिए। मार्क कार्नीले जस्टिन ट्रुडोको ठाउँ लिएका छन्। आफ्नै पार्टीको बढ्दो दबाबका बीचमा ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेका थिए। 

कमेन्ट लोड गर्नुस