सुनको मूल्य निरन्तर बढ्दै

सुनको मूल्य निरन्तरबढ्दै गएको छ। बुधवारको तुलनामा सुनको मूल्य बिहीवार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ।
चाँदीको मूल्यमा भने प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी भने प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

गत मंगलबार तोला सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ३ हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

