सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा किसानलाई पेन्सनको व्यवस्था

२०७६ साउन १, ०६:२६ प्रकाश सिंह

बाजुराको बुढिगंगा नगरपालिकाले किसानलाई पेन्सनको व्यवस्था गर्ने निर्णय गरेको छ। जिल्लाको बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाबाट पेन्सनको ब्यबस्था गर्ने निर्णय गरेको नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले बताए। चाडै नगरपालिकाले कार्यबिधि बनाएर आर्थिक बर्ष २०७६/०७७ को बाट नै कृषकहरुलाई पेन्सनको व्यवस्थापन गर्ने उनले बताए। 

मासिक रुपमा ५ सय देखी एक हजार सम्म पेन्सनको व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए। यसमा २ सय भन्दा बढि बिरुवा रोप्ने, ५ रोपनीमा तरकारी खेती गर्ने, ५ वटा भन्दा बढि गाई भैसी पालन गर्ने, एक हजार भन्दा बढि कुखुरा पाल्ने लगायतका व्यवसायीक किसानलाई पेन्सनको व्यवस्था गरिएको हो।

कृषकलाई पेन्सनको व्यवस्था गर्ने निर्णय नेपालमै पहिलो पटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले वताए। केही बर्ष पहिले राष्ट्रिय किसान महासंघले छलफलमा ल्याएको भएपनि सरकारको निति तथा कार्यक्रममा अटाउन सकेको थिएन्। बुढीगंगा नगरपालिकाले आगामी आर्थिक २०७६/०७७ वर्षमा कृषिलाई बिशेष प्राथमकिता दिदै अन्य कार्यक्रम पनि ल्याएको उपप्रमुख तारा खातीले बताईन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस