सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक दशकभित्र दासत्व हटाउन प्रत्येक दिन १० हजार मानिसलाई स्वतन्त्र गर्नु आवश्यक

। फोटो स्रोत ।
२०७६ साउन १, ०५:४८

एक दशकभित्र आधुनिक दासत्व हटाउन प्रत्येक दिन १० हजार मानिसलाई स्वतन्त्र गर्नु आवश्यक रहेको एक प्रतिवेदनले देखाएको छ। अष्ट्रेलियाको गैर–दासत्व समूह ‘वाक फ्री फाउण्डेसन’ ले बुधबार जारी गरेको प्रतिवेदनका अनुसार अहिले पनि चार करोड बढी मानिसहरु आधुनिक दासत्वको रेखामा रहेका छन्। 

’वाक फ्री’ की अनुसन्धान व्यवस्थापक क्याथरिन ब्रायन्टले भनिन्, ‘अहिलेको अवस्था हेर्दा सन् २०३० सम्ममा आधुनिक दासत्व हटाउन सम्भव छैन।’ संयुक्त राष्ट्रको आउँदो दशकभित्र आधुनिक दासत्व समाप्त गर्ने लक्ष्य पनि पूरा नहुने देखिएको छ। संयुक्त राष्ट्रले सन् २०१५ मा यो लक्ष्य लिएको थियो तर ’वाक फ्री’ ले भने विश्वभरिबाट दासत्व हटाउने कामको प्रतिफल भने निराशाजनक नै रहेको बताएको छ। 

‘प्रत्येक दिन एक हजार ठूलो संख्या हो तर सरकारले चाहेको खण्डमा यसलाई हजारबाट सयमा झार्न सक्छ’, ’वाक फ्री’ का संस्थापक एन्ड्रियु फरेस्टले भने। आधुनिक दासत्व, जुन विश्वभरि नै अभ्यासरत छ। यसमा जबर्जस्ती लगाइएको मजदुरी, जबर्जस्ती विवाह र मानव बेचबिखन पनि पर्दछन्। ‘झण्डै सय वटा देशमा जबर्जस्ती लगाइएको मजदुरीलाई अपराध मानिँदैन, जसलाई सानो गल्तीका रुपमा लिइन्छ’, ’वाक फ्रि’ ले भनेको छ। यद्दपि एकतिहाइ देशले जबर्जस्ती विवाहलाई प्रतिबन्ध लगाएका छन्। 

विश्वका धनी राष्ट्रमध्ये केहीले दासत्वविरुद्ध कदम पनि उठाएका छन्। वाक फ्रीका अनुसार कतार, सिंगापुर, कुवेत, ब्रुनाई र रसियालगायतले दासत्व हटाउन केही प्रयास गरेका छन्। अर्काेतर्फ जर्जिया, नाइजेरिया, युक्रेन, मोल्दोभा, इथियोपिया र मोजाम्बिकलगायतत देशले अतिसीमित स्रोत साधनका कारण आधुनिक दासत्व हटाउन असक्षम भएको प्रतिवेदनमा बताइएको छ। आधुनिक दासत्व र मानव बेचविखनविरुद्ध बेलायतले अन्य देशको तुलनामा निकै सुधारात्मक कदम उठाएको छ, प्रतिवेदनमा भनिएको छ। 
 

कमेन्ट लोड गर्नुस